आज बंगलादेशसँग भिड्दै नेपाली महिला फुटबल टीम

अक्षरपाटी
२०८२ साउन ६ , सोमबार १२:०७ मा प्रकाशित

काठमाडौं । नेपाली महिला फुटबल टीम आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि सोमबार बंगलादेशसँग भिडन लागेका हो।

यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६ः४५ बजेदेखि प्रारम्भ हुँदैछ।

हालसम्म बंगलादेशले सबै पाँच खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ।

नेपाल चार जीत तथा एक हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित भएको थियो ।

यद्यपि, राउण्ड रोविन लीगको अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ । किनभने, अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले तीन अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ ।

त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनैपर्ने वाध्यता छ ।

त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ ।

हालसम्म पाँच खेलमा नेपालले कुल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ।

दुवै टीमले समान ४ गोल खाएका छन् । नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो ।

अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोल अन्तरमा पनि उm एक गोलले अघि रहेको छ ।

तर, आज जित्नै पर्ने दबावका बीच नेपाली महिला फुटबलर मैदानमा उत्रदैँछन्।

नेपाली महिला फुटबल बंगलादेश यू–२० महिला फुटबल