Logo
२६ साउन २०८३, मंगलबार

सेयर बजारमा उछाल, एकै दिन करिब ८१ अंकको वृद्धि

अक्षरपाटी
२०८२ साउन ६ , मंगलबार १०:०७ मा प्रकाशित

काठमाडौं। सेयर बजार परिसूचक नेप्से ८०.९७ अंकले बढेको छ।

आज मंगलबार ८०.९७ अंकले बढेको परिसूचक २९७३.७० विन्दुमा पुगेको हो।

पछिल्लो ६ दिनयता नेप्से लगातार उकालो लागिरहेको छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये मंगलबार २३६ कम्पनीको सेयर बढेको छ भने १४ कम्पनीको सेयरमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि लचिलो मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसयता सेयर निरन्तर बढिरहेको हो।

राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको १५ करोडको सीमा बढाएर २५ करोड रुपैयाँ पु¥याएपछि त्यसयता नेप्से निरन्तर बढिरहेको हो।

सेयर बजार
यो पनि हेर्नुहोस् : सेयर बजार झिनो अंकले बढ्यो

ट्रेन्डिङ ( साप्ताहिक )