काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंक(०.०६ प्रतिशत) ले घटेर २९६२.१३ बिन्दुमा झरेको छ ।
सोमबार १९ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ९४ को सेयर मूल्य बढेको छ भने १५६ को घटेको छ ।
समता घरेलु लघुवित्त, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
नेप्से सेयर बजार