काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ ।
बुधबार नेप्से परिसूचक ४७ दशमलव ९३ अंकले घटेर २ हजार ९ सय ५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो १ दशमलव ५९ प्रतिशतको गिरावट हो ।
३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता शेयर १ लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँबराबरको कारोबार भएको हो । कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयरमूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ दशमलव ४ प्रतिशतले घटेको छ ।
नेप्से