Logo
९ वैशाख २०८३, बुधबार

दुई सातामै प्रति लिटर ३० रुपैयाँ बढ्यो पेट्रोलको मूल्य, लिटरकै १८७ सम्म

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०९:०३ मा प्रकाशित

काठमाडाैं। पेट्रोलियम पदार्थको मूल्य फेरि अकासिएको छ। अब उपभाेक्ताले पेट्रोल लिटरकै १८७ सम्म खर्चनुपर्ने भएको छ।

नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५-१५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको एक सूचनामार्फत जनाएको छ।

पहिलो वर्गका लागि प्रतिलिटर पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुर्याइएको छ भने दोस्रो वर्गले अब १८६ रुपैयाँ प्रतिलिटर खर्चनुपर्ने छ। त्यस्तै तेस्रो वर्गका लागि लिटरकै १८७ रुपैयाँ ताेकिएको छ।

डिजेल र मट्टीतेलको पनि मूल्य बढाइएको छ। अब बढेकाे मूल्य अनुसार पहिलो वर्गले १६४ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ भने दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई आयल निगमले राखेको छ।

दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई राखिएको जनाएको छ।

नेपाल आयल निगम