Logo
२६ साउन २०८२, सोमबार

कांग्रेस-एमालेका शीर्ष नेता बालुवाटारमा, मन्त्री फेरबदलदेखि बागमती प्रदेशको किचलोमाथि छलफल

अक्षरपाटी
२०८२ साउन १५ , बिहीबार ०२:०७ मा प्रकाशित

काठमाडौं। सत्तागठबन्धनमै अहिलेको सरकार र सरकारका मन्त्रीको विषयमा असन्तुष्टि बढ्दै गएको छ।

बागमती प्रदेश सरकारमा देखिएको किचलो, सरकारका मन्त्री फेरबदल लगाएको विषयमा छलफलका लागि यतिबेला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छलफलमा छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिबाट छलफल सुरु भएको हो।

पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलगायत सहभागी भएको बताइएको छ।

केपी शर्मा ओली शीर्ष नेता छलफल शेरबहादुर देउवा
यो पनि हेर्नुहोस् : कानुनभन्दा माथि ‘शासक’ ओली !