Logo
२६ साउन २०८२, सोमबार

बर्दघाटमा बस पल्टिँदा १ को मृत्यु, १३ घाइते

अक्षरपाटी
२०८२ साउन १६ , शुक्रबार ०२:०८ मा प्रकाशित

बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

दुर्घटनामा १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।

घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बस दुर्घटना