Logo
२९ असोज २०८२, बुधबार

बाँचियो भने यस्ता त…

अक्षरपाटी
२०८२ साउन १७ , शनिबार १०:०८ मा प्रकाशित

गजल

० धर्मानन्द भट्ट

अब अनेक चाँड, पर्व, तिहार आउँछन्
केवल चोट दिन, बार बार आउँछन्।

यात्रा जिन्दगीको केवल समथर हुँदैन
हो उकाली ओराली, जङ्घार आउँछन्।

थाहा छ पूरा हुँदैनन्, झन पीडा दिन्छन्
तर पनि मनमा सपना, बेकार आउछन्।

बिना पैसा त, न आशीर्वाद जान्छ कतै
न त बहिनीको लागि उपहार आउँछन्।

तर पनि बाँचिएको छ यही सोचेर कि
बाँचियो भने यस्ता त, हजार आउँछन्।

गजल धर्मानन्द भट्ट

ट्रेन्डिङ ( साप्ताहिक )