हिन्दूहरुका आराध्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा आरती सुरु सुरु गरेको १९ वर्ष पुगेको छ।
सो अवसरमा श्री पशुपतिनाथ एवं वाग्मतीगङ्गा आरती सेवा समितिले मन्दिर परिसरमा सोमबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्वाेधन गरेका छन्।
कार्यक्रममा केन्द्रीय सदस्य सांसद शंकर भण्डारी, उर्जा तथा सिंचाइ मन्त्री दिपक खड्का, प्रहरी महानिरीक्षक दिपक थापा, श्री पशुपतिनाथ एवं वाग्मतीगङ्गा आरती सेवा समितिका कार्यवाहक अध्यक्ष डा वासुदेवकृष्ण शास्त्री लगायतले सहभागिता जनाएका छन्।
कार्यक्रममा भक्तजनहरुको भव्य उपस्थिति रहेको थियो।
तस्वीरहरु :