काठमाडौं। सशस्त्र प्रहरी बलले २२ जना नायव महानिरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिले सिफारिस गरेको हो। समितिको बैठकले साधारण समूहतर्फ २२ जना एसपीमा बढुवाका लागि सूची प्रकाशन गरेको हो।
इन्जिनियरतर्फका डीएसपी मनोज बखुन्छे श्रेष्ठ पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले ४८ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) मा र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि बढुवा गर्न सिफारिस गरेको छ।