Logo
२६ साउन २०८२, सोमबार

रुसले भन्याे : भारतमाथि अतिरिक्त ट्यारिफ लगाउने ट्रम्पको अभिव्यक्ति धम्की हो

अक्षरपाटी
२०८२ साउन २० , मंगलबार ०६:०८ मा प्रकाशित

एजेन्सी। रुस र भारतको तेल व्यापारलाई लिएर अमेरिका चिढिएको छ। केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको तेल व्यापारलाई लिएर अतिरिक्त ट्यारिफ लगाउने बताएका थिए।

अमेरिकी राष्ट्रपतिको यो भनाइलाई लिएर रुसले जफाफ फर्काएको छ। रुसले- ट्रम्प भारतजस्ता देशलाई रुससँगको व्यापार बन्द गर्नका लागि दबाव दिइरहेको रुपमा व्याख्या गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले मिडियासँग भनेका छन्, ‘हामीले कैयौँ यस्ता बयान सुनेका छौँ, जो खासमा धम्की हो। यस्ता धम्की जो विभिन्न देशहरुलाई रुससँग व्यापार सम्बन्ध तोड्नका लागि मदबुर गर्ने कोसिस हुन। हामी यस्ता अभिव्यक्तिलाई वैध मान्दैनौँ।’

दिमित्री पेस्कोवले अगाडि भनेका छन्, ‘सम्प्रभु देशहरुलाई आफ्नो ट्रेड पार्टनर, व्यापार तथा आर्थिक सहयोगका लागि सहयोगी देश छनौट गर्ने अधिकार हुनुपर्छ र हुन्छ पनि।’

अमेरिका डाेनाल्ड ट्रम्प दिमित्री पेस्कोव रुस