Logo
२६ साउन २०८२, सोमबार

उत्तराखण्डको बाढीमा १८ जना नेपाली बेपत्ता भएको आशंका

अक्षरपाटी
२०८२ साउन २३ , शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौं। केही दिनअघि भारतको उत्तराखण्डमा बादल फाटेर एक्कासी आएको भीषण बाढीमा १८ जना नेपाली बेपत्ता भएको आसंका गरिएको छ।

यही साउन २० गते उत्तराखण्डको उत्तरकाशीको धराली आउँमा वर्षापछि भीषण बाढी गएको थियो।

उक्त बाढीमा परी १८ जना बेपत्ता भएको आसंका गरिएका समाचार भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसरी बेपत्ता हुनेमा जाजरकोट, बाँके, जुम्ला र रुकुमका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ।

उक्त जिल्लाका स्थानीय तहहरुले उत्तराखण्डको सो क्षेत्रमा काम गर्न गएकाहरु पछिल्लो समय सम्पर्कमा नभएकाले बाढीमा बेपत्ता हुन सक्ने बताएका छन्।

जाजरकोटको कुशे गाउँपालिका २ का १३ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना सो क्षेत्रमा मजदुरको रुपमा कार्यरत भए पनि २० गतेको बाढीपछि परिवारको सम्पर्कमा नरहेको बताइएको छ।

‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) हुँदा भारतको उत्तरकाशी जिल्लाको धराली बजारमा भीषण बाढी आएको थियो।

उक्त बाढीमा भारतीय सेनाका ११ जनासमेत ७० जनाभन्दा बढी बेपत्ता भएका र ५ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।