काठमाडौं। आज साउन महिनाको अन्तिम सोमबार । एकाविहानैदेखि देशभरका शिवालयहरुमा भक्तजन भीड लागेको छ।
हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा पनि बिहानदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड छ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहान स्नान गरी शिवालयमा पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।
देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भिड देखिन्छ। रातो र हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।
पशुपतिनाथ भक्तजन शिवालय साउन सोमबार