Logo
२६ साउन २०८२, सोमबार

एभरेष्ट बैंकले कमायो करिब ५ अर्ब

अक्षरपाटी
२०८२ साउन २६ , सोमबार ०६:०८ मा प्रकाशित

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट बैंकले करिब ५ अर्ब रुपैयाँ नाफा कमाएको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

सो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३२.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकको बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ भएको छ।

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ छ।

एभरेष्ट बैंक नाफा