काठमाडौं । हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल पुगेका छन्।
विपिनको रिहाइको पहलका लागि इजरायल सरकारको निमन्त्रणमा उनीहरु सोमबार इजरायल पुगेका हुन्।
उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले स्वागत गरेका थिए।
उनीहरुले इजरायल पुगेर अन्तर्राष्ट्रिय मिडियासामु विपिनको रिहाइका लागि अपिल गर्दै भनेका छन्, ‘हाम्रो दोष छैन, छाड्दिनुहोस्।’
विपिनकी आमा पद्माले भावुक मुद्रामा आफूहरु विपिनलाई लिन आएको भन्दै सहयोगको अपिल गरिन्।
विपिनकी बहिनी पुष्पाले भक्कानिँदै भनिन्, ‘मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन। हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं, विन्ति छाडिदिनुस।’
इजरायल विपिन जोशी हमास