Logo
२८ असोज २०८२, मंगलबार

कैलालीका प्रजिअ गृह मन्त्रालय तानिए, जिम्मा लम्साललाई

अक्षरपाटी
२०८२ साउन २९ , बिहीबार १०:०८ मा प्रकाशित

धनगढी। एक जनाको ज्यान जानेगरी कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनाका कारण कैलालीका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन्।

जेलमा दुई समूहबीच भएको भिडन्तमा एक जना कैदीबन्दी भरत चौधरीको ज्यान गएको र ४८ जना घाइते भएका थिए। सो घटनामा कुशल भूमिका निर्वाह गर्न नसकेको भन्दै सीडीओ गोगनबहादुर हमालको आलोचना भएको थियो।

साउन २३ गते शुक्रबार राति भएको घटनापछि करिब दुई दिनसम्म कारागार कैदीबन्दीको नियन्त्रणमा रहेको थियो।

स्थितिलाई काबुमा लिन नसकेको भन्दै सामाजिक सञ्जाल र नागरिक तहमा व्यापक आलोचना भएपछि प्रजिअ हमाललाई गृहमा तानेर दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई कैलाली पठाइएको छ ।

शुक्रबार घटना भए पनि शनिबार अबेर दिउँसोसम्म पनि सुरक्षाकर्मी समेत कारागार प्रवेश गर्न सकेका थिएनन्। मानव अधिकार आयोगको टोलीले कारागार निरीक्षण गरेर सुरक्षा व्यवस्था फितलो पाइएको र जेल प्रशासनको कमजोरी रहेको बताएको थियो।

कारागार कृष्ण प्रसाद लम्साल गोगनबहादुर हमाल