काठमाडौंँ । चर्चित गायिकाद्वय समिक्षा अधिकारी र रचना रिमालको स्वर नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको छ।
मौलिक शब्द समेटिएको गीत लोक रोमान्टिक शैलीमा तयार पारिएको छ । छमछम नचाउने खालको बनेको गीतमा पुरुषोतम न्यौपानेको संगीत छ । गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गीतकार महरा र प्यारीको अभिनय छ । भिडियाको निर्देशन शक्ति प्रज्वोेल घिमिरेले गरेका हुन् ।
भिडियोमा चक्र बहादर बरालको छायांकन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् ।
आयो तीज रचना रिमाल समिक्षा अधिकारी