काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्।
पार्टी कार्यालय सानेपालमा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक एक दिने अन्तरक्रियात्मकमा मन्तव्य दिँदै सभापति देउवाले सबै मिलेर प्रविधिमैत्री, नवपैवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने उनले बताएका हुन्।
उनले प्रविधिले सहजता, स्रोतको पहुँच तथा समयको बचत गर्दागर्दै पनि यसले नकारात्मक असर पनि पुर्याएको बताए। उनले प्रविधिलाई भरपर्दो र सुरक्षित उपयोग गर्न पनि सुझाव दिए।
सभापति शेरबहादुर देउवाको संक्षिप्त मन्तव्य
कार्यक्रमका अध्यक्षजी,
पार्टीका साथीहरू,
सूचना प्रविधि क्षेत्रका विज्ञ साथीहरू,
उपस्थिति सम्पूर्ण मित्रहरू,
आजको युग विज्ञान र प्रविधिको युग हो । हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ । मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन् ।
डिजिटल प्लेटफर्महरू— शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवा लगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् । जस्तै Facebook, YouTube, TikTok, Instagram, Zoom, Google Meet, ई–बैंकिङ, ई–शिक्षा, ई–सरकार, आदि।
हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।
सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ । घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा— यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन् ।
नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरु अझै गर्न बाँकी नै छन् ।
हामी सबैले यसको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पु¥याउन सक्छौँ । सचेत, जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार हो ।
हाम्रो पार्टी, नेपाली कांग्रेस, सधैं नवप्रवर्तन र प्रविधि मार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको छ ।
नेपाली कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पु¥याई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौं ।
अन्त्यमा,
अब हामी सबै मिलेर— प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।
डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएको छ, समयको बचत गरेको छ, स्रोतमा पहुँच पु¥याएको छ र अझ भनौं विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको छ ।
यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पु¥याएको छ । नागरिकलाई सचेत बनाउँदै प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नका लागि यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।
डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ ।
यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सबैलाई सचेत बनाउने र ठोस नीति निर्माणमा मार्गदर्शन गर्नेछ भन्ने आशा व्यक्त गर्दछु ।
यो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नु भएकोमा विभागका प्रमुख मीनबहादुर विश्वकर्माजी, विभागीय सदस्यहरू, विज्ञहरू र यहाँ उपस्थित सबै सहभागीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद !
नेपाली कांग्रेस शेरबहादुर देउवा