Logo
३ भदौ २०८२, मंगलबार

प्रभु बैंक र अन्नपूर्ण हस्पिटलबीच उपचारमा विशेष छुट सम्झौता

अक्षरपाटी
२०८२ साउन २९ , बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं। काठमाडाैंको बबरमहलमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

बैंकका ग्राहक तथा कर्मचारीलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा छुट दिने सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ।

सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले १० देखि १५ प्रतिशत छुट पाउने भएका छन।

अन्नपूर्ण न्यूरो हस्पिटलमा सो छुट पाउने सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर पे्रमकुमार दाहाल तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका छन्।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटीएमका साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ।

‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।

प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

अन्नपूर्ण न्यूरो हस्पिटल प्रभु बैंक