Logo
५ भदौ २०८२, बिहीबार

बैंकर्स एसोसियसनको भिसासँग सहकार्य गर्ने सम्झौता

अक्षरपाटी
२०८२ साउन २९ , बिहीबार ११:०८ मा प्रकाशित

काठमाडौं । डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग नेपाल बैंकर्स एसोसिएसनले सहकार्य गर्ने सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गरिने भएको छ।

नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिँदै आफ्नो प्रयासलाई निरन्तरता दिएका छन्।

यस संयुक्त पहल अन्तर्गत प्रादेशिक गतिविधिसँगै सरोकारवाला निकायसँगको केन्द्रित अन्तरक्रिया सत्रहरू पनि समावेश हुनेछन्।

मुख्य रूपमा, साझेदारी अन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

प्रादेशिक कार्यक्रम्लाई सहयोग गर्नका लागि विभिन्न निकाय र नियामक संस्थाका अधिकारीसहितका सरोकारवाला सहभागी हुने कार्यक्रम पनि आयोजना गरिनेछ।

यी गतिविधिका साथै, भिसाका अधिकारीहरू र विभिन्न बैंकका अधिकारीबीच विशेष अन्तरक्रियात्मक सत्र पनि गरिनेछ ।

नेपाल बैंकर्स एसोसिएसन र भिसा दुवैले यो रणनीतिक साझेदारीले नेपालमा भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन, साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न, साथै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

बैंकर्स एसोसियसन भिसा