Logo
४ भदौ २०८२, बुधबार

नाफा कमाउनेमा नबिल पहिलो, वाणिज्य बैंकहरूको नाफा साढे ७१ अर्ब

अक्षरपाटी
२०८२ साउन ३० , शुक्रबार ०२:०८ मा प्रकाशित

काठमाडौं। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार २० वटै बैंकहरुले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो। अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।

४ वटा बैंकको नाफा घटेको छ भने बाँकी १६ वटा बैंकको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ ।

नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो ।

नाफा घट्ने बैंकहरूमा स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

सबैभन्दा धेरै नाफा घट्ने बैंकमा एनआईसी एशिया रहेकाे छ । बैंकको गत वर्ष नाफा ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो वर्ष एनआईसी एशिया बैंकले ७० करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफा बैंक