Logo
३ भदौ २०८२, मंगलबार

जोय स्टोर र प्रभु बैंकबीच ग्राहकलाई छुट सम्झौता

अक्षरपाटी
२०८२ भदौ १ , आईतबार ०१:०८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका २२, न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच छुट सम्झौता भएको छ।

बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्नेबारे सम्झौता भएको हो।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५ प्रशितसत, म्याकबुकमामा ५ र २० प्रशितशत छुट पाउने छन्।

त्यस्तै आई फोन र म्याकबुकका एसोसिरिजहरुमा समेत छुट दिने सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

क्रेडिटकार्ड होल्डरहरुलाई इन्सट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने सम्झौतामा उल्लेख छ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन्।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

जोय स्टोर प्रभु बैंक सम्झौता