काठमाडौं। राष्ट्रपति रामचन्द्र पाैडेलसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवनमा भएको शिष्टाचार भेटका अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्पतिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जनाएका छन्।
यसअघि भातका विदेश सचिव मिस्रीले प्रधानमन्त्रीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसँध्यामा मिस्रीले नेपाल भ्रमण गरेका छन्।
रामचन्द्र पाैडेल राष्ट्रपति विक्रम मिस्री