काठमाडौं। गए राति काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
बुढानीलकण्ठ–७ मा बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल राति पौने २ बजेतिर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ।
उनीहरुलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याउनसाथ मृत घोषणा गरिएको थियो।
एक जनाको सनाखत हुननसकेकाले आफन्तको खोजी भैरहेको काठमाडौं प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ –८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, परिचय नखुलेका २८–३० वर्षका पुरुष र ३०–३२ वर्षका अर्का पुरुष घाइते छन्।
पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको रहेको अस्पतालले जनाएको छ।