काठमाडौं । १७ औं नाडा अटो शो आजदेखि सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शोको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
आजबाट काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए।
उनले नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्ने धारणा राखे।
ओलीले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए।
‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन। अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ।’
त्यो मात्र होइन प्रधानमन्त्री ओलीले हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दै गरेको पनि बताए।
प्रविधिको रुपान्तरण भैसकेकोले यी सबैको ध्येय विकास र समृद्धि भएको उनको भनाइ थियो।
नाडा अटाे शाे एक सातासम्म चल्ने छ। विभिन्न कम्पनी साेमा सहभागी छन्।
केपी शर्मा ओली नाडा अटाे शो प्रधानमन्त्री