Logo
२२ वैशाख २०८३, मंगलबार

टप एन्ड टी–२० : नेपालको लगातार दोस्रो जित

अक्षरपाटी
२०८२ भदौ ४ , बुधबार ०२:०८ मा प्रकाशित

काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा मेलबर्नले २० ओभरमा अल आउट हुँदा १०६ रन मात्रै बनायो।

अब, नेपालले अन्तिम खेलमा शुक्रबार पाकिस्तान साइनसँग प्रतिस्पर्धा गर्नेछ।

लगातार तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको थियो। नेपालले त्यसअघि नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनको हार व्यहोरेको थियो।

दोस्रो इनिङ्समा मेलबर्नको लागि अर्जुन नाइरले सर्वाधिक २६ रन बनाए। जइ लामिरले १८, ह्यारी डिक्सनले १६ तथा ओली पाइकले १४ रनको योगदान गरेका थिए।

नेपालका सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिँदा कुशल भुर्तेलले २ तथा शाहव आलम र रुपेश सिंहले समान एक विकेट हात पारे।

नेपालका लागि कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, रुपेशकुमार सिंहले अविजित १६ र आरिफ शेखले १२ रन बनाए। मेलबर्नका लागि फर्गुस ओ निल, क्यालम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान दुई विकेट लिए।

नेपाल क्रिकेट संघ

ट्रेन्डिङ ( साप्ताहिक )