काठमाडौं । शी लिड्स आइकनको दोस्रो संस्करणका लागि स्थानीय तहका ३१ जना महिला प्रतिनिधि छनोट भएका छन्। कल्प
इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि (प्रमुख/उपप्रमुख) ले गरेका कामलाई प्रेरणाका रुपमा प्रचार गर्नका लागि सुरु भएको हो।
काठमाडौँमा शी लिड आईकनको पहिलो संस्करण प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न गरेको संस्थाले याे संस्करणको सफलता संगै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने पुन: दोस्रो संस्करण सुरुवात गरेको छ।
आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएका थिए । त्यसमध्ये प्रकिया पूरा भएका १११ आवेदन रहेको थियो, प्राप्त १११ आवेदनमध्ये कोशी प्रदेशबाट २० (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १८), मधेश प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष ३, उपप्रमुख/उपाध्यक्ष ९), बागमती प्रदेशबाट १७ (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १५), गण्डकी प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५), लुम्बिनी प्रदेशबाट १६ (उपप्रमुख/उपाध्यक्ष १६), कर्णाली प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष ११) र सुदूरपश्चिम प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५) आवेदन रहेको छ, यसमध्ये प्रमुख/अध्यक्षको कुल संख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल संख्या १०१ रहेको छ।
१११ जना महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चडड़ा र लैंगिकता र समानता विशेषज्ञ सरु जोशी सहितको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४,लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गरेका छन्। जस्मा ७ जना प्रमुख र २४ जना उपप्रमुख छन् ।
छनोट हुनु भएका ३१ प्रेरणादायी महिला जनप्रतिनिधीहरु :
कोशी प्रदेशबाट
प्रमिला राई, भोजपुर, षडानन्द नगरपालिका, उपप्रमुख
बिपना कुलुंग, सोलुखुम्बु, महाकुलुङ गाउँपालिका, उपाध्यक्ष
विष्णु कुमारी लिम्बु, इलाम, इलाम नगरपालिका, उपप्रमुख
सबिता राई, सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका, उपाध्यक्ष
मधेश प्रदेशबाट
विद्या देवी भुजेल, धनुषा, धनुषाधाम नगरपालिका, उपप्रमुख
कल्पना कुमारी कटुवाल, सर्लाही, बरहथवा नगरपालिका, प्रमुख
गिता चौधरी, सप्तरी, सुरुङ्गा नगरपालिका, प्रमुख
गोकुली कुमारी रेग्मी, पर्सा, ठोरी गाउँपालिका, उपाध्यक्ष
रीना कुमारी साह, रौतहट, मौलापुर नगरपालिका, प्रमुख
बागमती प्रदेशबाट
सिता माया गुरुगं, धादिङ, नेत्रावती डबजोङ गाउँपालिका, उपाध्यक्ष गायत्री आचार्य, दोलखा, मेलुङ गाउँपालिका, उपाध्यक्ष
मिठुदेवी लामा, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका, उपाध्यक्ष
मीना कुमारी लामा, मकवानपुर, हेटौंडा उप-महानगरपालिका,
प्रमुख
बाल कुमारी कार्की (थापा), रामेछाप, रामेछाप नगरपालिका, उपप्रमुख गण्डकी प्रदेशबाटरादेवी शर्मा, पर्वत, मोदी गाउँपालिका, अध्यामुख भागवती रेग्मी अर्याल, स्याङ्जा, भिरकोट नगरपालिका, उपप्रमुख पद्मा गुरुङ, लमजुङ, बेसीशहर नगरपालिका, उपप्रमुख चन्द्रकला अधिकारी, कास्की, अन्नपूर्ण गाउँपालिका, उपाध्यक्ष
लुम्बिनी प्रदेशबाट
विना कुमारी भट्टराई, बर्दिया, ठाकुरबाबा नगरपालिका, उपप्रमुख
हुमा कुमारी डि.सी., दाङ, घोराही उप-महानगरपालिका, उपप्रमुख निरमाया तरामु, गुल्मी, सत्यवती गाउँपालिका, उपाध्यक्ष
मिना थापा, रोल्पा, सुनिलस्मृति गाउँपालिका, उपाध्यक्ष कर्णाली प्रदेशबाट देविका कुमारी सिंह, जाजरकोट, कुशे गाउँपालिका, उपप्रमुख मोहनमाया ढकाल भण्डारी, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, प्रमु धर्मकला शाही, कालिकोट, शुभकालिका गाउँपालिका, उपाध्यक्ष सिता जैसी, जाजरकोट, भेरी नगरपालिका, उपप्रमुख सुदूरपश्चिम प्रदेशबाट जमुना कुमारी बोहरा, डोटी, जोरायल गाउँपालिका, उपाध्यक्ष सुशिला शाही, कैलाली, लम्कीचुहा नगरपालिका, प्रमुख ज्ञानु कुमारी सेटी देउबा, डडेल्धुरा, गन्यापुधरा गाउँपालिका, उपाध्यक्ष डोल्मा तामाङ्ग, बझाङ्ग, साइपाल गाउँपालिका, उपाध्यक्ष लक्ष्मी धामी (रोकाया), डोटी, आदर्श गाउँपालिका, उपाध्यक्ष आयोजक संस्था कल्पकी अध्यक्ष पूजा कोइरालाका अनुसार छनोट भएका ३१ महिला जनप्रतिनिधिलाई जनमतलाई प्रस्तुत गरिनेछ । भाद्र १६ गते एक दिने तालिम, १७ गते संचारकर्मी तथा पत्रकार संग भेटघाट कार्यक्रम र ३१ रणादायी महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्न कथा, डकुमेन्ट्री, अन्तर्वार्ता तथा अन्य विधि प्रयोग गरिने उनले बताइन् ।
पुष १८,१९ र २० गते काठमाडौंमा महिला जनप्रतिनिधिको उत्सव आयोजना गरी गर्दै पुष २२ गते अवार्ड समारोह आयोजना गरिने आयोजकले जनाएको छ ।
३१ जना मध्येबाट ७ जनालाई आइकन घोषणा गरिने छ । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट हुने आयोजकले जनाएको छ ।
प्रेरणादायी महिला शी लिड्स आइकन