रसुवा। नेपालभरका हिन्दु धर्मावलम्बीहरुले आज बाबुको मुख हेर्ने दिन धुमधामका साथ मनाउदैँ छन् ।
छोराछोरीले आजको दिन सनातन परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन विशेषगरी बागमती प्रदेशको उतरगया गाउँपालिका ५, रसुवामा श्राद्ध र पिण्ड दान गर्नेको घुइँचो लागेको छ।
एकाबिहादैदेखि दिवंगल बुवाको श्राद्ध र स्मरण गर्नेहरुको भीड नै लागेको हो ।