पोखरा। प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका २ मार्फामा रहेको मार्फा प्यालेस होटल बीच छुट सम्झाैता भएको छ।
बैंकद्वारा जारी विज्ञप्तिअनुसार व्यवसायिक साझेदारीका लागि कर्मचारी तथा बैंकका ग्राहकलाई हाेटलको सेवामा बिशेष छुट दिने सम्झौता भएको हाे।
एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (सञ्चालक) र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा रहेको मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुनसकन्ने बैंकको विश्वास छ।
प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धनमा टेवा पुग्नुका साथै प्रभु बैंकका ग्राहक पनि लाभान्वित हुने बैंककाे विश्वास छ।
प्रभु बैंक मार्फा प्यालेस होटल