Logo
१२ भदौ २०८२, बिहीबार

कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव भेटियो

अक्षरपाटी
२०८२ भदौ १२ , बिहीबार ०४:०८ मा प्रकाशित

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ ।

गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।

१७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए ।

अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।