Logo
१७ भदौ २०८२, मंगलबार

मुकेश प्रधानको ‘भक्कानिएको मुटु’ सार्वजनिक

अक्षरपाटी
२०८२ भदौ १७ , मंगलबार ०१:०९ मा प्रकाशित

काठमाडौं। गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द, संगीत रहेको गीतलाई फोइसिलले म्युजिक डिरेक्सन गरेको हुन्।

देशको अहिलेको बैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ जुन धेरै नै हृदयस्पर्शी बनेको छ।

भिडियोमा नायक बिशाल पहारी, बिन्दा खतिवडा जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ।

भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक मुकेशका यसअघिका गीतहरुलाई पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन्।

गीत
यो पनि हेर्नुहोस् : ‘म्याङ्लुङ बजार’ सावर्जनिक