Logo
२० भदौ २०८२, शुक्रबार

केहीमा बन्द, केहीमा चल्दै सामाजिक सञ्जाल

अक्षरपाटी
२०८२ भदौ २० , शुक्रबार ०८:०९ मा प्रकाशित

काठमाडौं। सरकारले बिहीबार दिएको निर्देशनपछि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थालेका छन्।

इन्टरनेट सेवाप्रदायकहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न थालेका हुन्।

नेपाल टेलिकम, एनसेल, वल्र्डलिंक लगायतले सूचना जारी गरेर सरकारको निर्देशअनुसार विभिन्न सामाजिक सञ्जाल बन्द गरिएको जानकारी गराएका छन्।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न भनेको थियो।

मन्त्रालयको निर्देशनअनुसार बिहीबार नै प्राधिकरणले पनि इन्टरनेट सेवा प्रदायकहरुलाई सामाजिक सञ्जाल बन्द गर्नका लागि निर्देशन दिएको थियो।

प्राधिकरणको निर्देशअनुसार निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आफ्नो इन्टरनेटबाट नचल्ने बनाएको थियो भने वल्र्डलिंकले पनि नचल्ने बनाएको छ।