Logo
२७ भदौ २०८३, शनिबार

गजल

अक्षरपाटी
२०८२ भदौ १७ , मंगलबार ११:०९ मा प्रकाशित

o कालु दाहाल

मलाई मेरो आफ्नै परिवेश दुखेको छ
नहाँस्नु कोही अहिले, देश दुखेको छ।

अनिश्चित छ पराई देशमा कहाँ के के हुन्छ
भविष्य खोज्ने पाइतालामा, ठेस दुखेको छ।

अस्तित्वको हिसाब छैन आफ्नै माटोभित्र
पहिचानको भाषा अनि, भेष दुखेको छ।

चिन्दैन आफन्तले गरिब भएपछि
आफ्नै बीच अहमताको, क्लेश दुखेको छ

-झापा, हाल कतार

ट्रेन्डिङ ( साप्ताहिक )