Logo
२२ भदौ २०८२, आईतबार

रविले जेनजीलाई भने : तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ

अक्षरपाटी
२०८२ भदौ २२ , आईतबार १०:०९ मा प्रकाशित

काठमाडौँ । साेमबार आन्दोलनमा होमिन लागेका जेन जी पुस्तालाई रास्वपा सभापति रवि लामिछानेले कारगारबाटै सन्देश लेखेका छन्। उनले जेनजीकाे आन्दाेलनका लागि शुभेक्षा, सदभाव र ‌ऐक्यबद्धता प्रकट गरेका हुन् ।

जेनजीले आयाेजना गरेको साेमबारको आन्दोलनमा घुसपैठ हुनसक्ने आशंका गर्नै सचेत हुन समेत आग्रह गरेका छन् । त्यस्तै उनले शासकहरुले कहिल्यै विधि र विवेकको शासन नदिएको र अहिले खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसेको बताएका छन्।

सभापति लामिछानेले लेखेका छन्, ‘भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ ।’

लामिछानेले भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन भएकाे उल्लेख गर्नै भनेका छन्,’ ‘घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ‌ऐक्यबद्दता प्रकट गर्दछु ।’

जेनजी रवि लामिछाने