Logo
२३ भदौ २०८२, सोमबार

जेन-जी प्रदर्शन : वानेश्वर क्षेत्र बन्यो रणमैदान, एकको मृत्यु, एक सिकिस्त, दर्जनौ घाइते, सरकार दमनमा

अक्षरपाटी
२०८२ भदौ २३ , सोमबार ०२:०९ मा प्रकाशित

काठमाडौं । व्याप्त भ्रष्टाचार, अव्यवस्था, सरकारको निरंकुश शैली र सामाजिक सञ्चालमा लगाइएको प्रतिबन्धविरुद्ध आज जेनजी पुस्ताले देशव्यापी आन्दोलन गरिरहेको छ।

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण आन्दोलन नयाँवानेश्वरस्थित संसद भवन अगाडि पुग्दासम्म शान्तिपूर्ण भएको आन्दोलन एकाएक उग्र बन्यो।

‘घुसपैठ’का कारण उग्र बनेको भनिएको आन्दोलनका क्रममा संसद भवनभित्रै आन्दोलनकारी प्रवेश गरे। केहीले संसद भवनको गेट नै भत्काउन खोजेपछि सरकारले एकाएक कफ्र्यु आदेश जारी गर्यो।

प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भयो भने, थप एक जना शिकिस्त र दर्जनौ आन्दोलनकारी घाइते भएर उपचारका क्रममा छन्। तीन जना पत्रकारलाई पनि गोली लागेको छ।

कफ्र्यु लगाइए पनि आन्दोलनकारीको मृत्यु भएपछि झन उग्र बनेको आन्दानेलन दबाउन सरकारले सेना समेत सडकमा उतारेको छ। दर्जनौ गाडी प्रहरी, शसस्त्र प्रहरी र सेनाका सडकमा उतारिएको छ।

सरकारले कफ्र्युको क्षेत्र विस्तार गरेर वानेश्वर, हरिहर भवन, शितल निवास र बालुवाटार समेत निशेधित क्षेत्र तोकेको छ।

तर आन्दोलनको आकार र उग्रता भने झन बढ्दै गएको छ। आन्दोनलप्रति आम नागरिक, राष्ट्रप्रेमीहरुले विभिन्न माध्यमबाट समर्थन जनाइरहेका छन्।

नाती पुस्ताका विद्यार्थी, जेनजी पुस्ता साशकहरुको कुशासननका विरुद्ध सडकमा उत्रिए पनि सम्बोधनका उपाएभन्दा पनि चैत १५ कै शैलीमा दमनमा उत्रिएको भन्दै व्यापक आलोचना सुरु भएको छ।

चैत १५ मा पनि निहथ्था नेपालीमाथि गोली वर्साएर बदनामी कमाएका गृहमन्त्री रमेश लेखकले आज नाति पुस्ताको आन्दोलमा पनि उही दमनको शैली देखाएको भन्दै आलोचना तीब्र बनेको छ।

विभिन्न पेशाकर्मी, वौद्धिक समुदाय र आम सर्वसाधारणले जेनजीको आवाज दबाउनेभन्दा पनि सम्बोधनको उपाए खोज्न सरकार र गृहमन्त्रीलाई सुझाव दिएका छन्।

आन्दाेलन जेनजी पुस्ता