काठमाडौं । भ्रष्टाचार, व्यथिति र सामाजिक सञ्चालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध जेनजी पुस्ताले गरेकोका क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
सरकारले आन्दोलन दबाउन व्यापक शक्ति प्रयोग गरेपछि पाँच जनाको मृत्यु भएको हो।
हालसम्म सिभिल अस्पिटलमा एक, केएमसी अस्पतालमा एक जना र चार जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको छ। ज्यान जानेहरुको परिचय खुलाइएको छैन।
ट्रमा सेन्टरमा कम्तिमा ३० जना सिकिस्त घाइतेको उपचार भइरहेको थियो। त्यस्तै सिभिज अस्पतालमा पनि दर्जनौ घाइतेको आन्दोलनकारीको उपचार भइरहेको छ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र हालका गृहमन्त्री रमेश लेखकको कार्यकालमा आन्दोलन दबाउने गरिएको यो दोस्रो ठूलो दमन हो।
यसअघि चैत १५ गते राजाबादीलगायतले गरेको आन्दोलमा पनि गृहप्रशासनले व्यापक दमन गर्दा पत्रकारसहित तीन जनाको ज्यान गएको थियो।
जेनजी पुस्ता