काठमाडौं। जेनजी पुस्ताकले सोमबारदेखि थालेको आन्दोलनमा पहिलो दिन राज्यको दमनका कारण १९ जनाको मृत्यु भयो।
त्यसैको आक्रोमा मंगलबार बिहानैदेखि चर्किएको आन्दोलनबाट जेनजीले करिब देशका सबै प्रशासनिक निकाय, संसदभवन, राष्ट्रपतिभवनदेखि नेताका घरसम्म कब्जा जमाए।
देशभर आगजनी र तोडफोड भयो। आन्दोलनपछि माग अनुसार परिस्थिति अघि बढिरहेका बेला आन्दोलनमा अराजक समूहको घुसपैठ भएको जेनजीले बतायो।
जनताका नाममा प्रधानसनेपति अशोकराज सिग्देलले सम्बोधन गरेलगत्तै नेपाली सेनाले सुरक्षाको नेतृत्व सेनाले गर्ने सूचना जारी गरेको छ।
अराज समूह मार्फत देशको साँस्कृतिक, पुरातात्विक सम्पत्ति, सार्वजनिक सम्पत्तिको रक्षा र जनताको जीउधनको सुरक्षाका लागि अहिले राति १० बजेबाट सेना सडकमा आउने जनाएका छन्।
सेनाको नेतृत्वमा सबै सुरक्षाका अंगहरु परिचालन हुने बताइएको छ।