Logo
३ वैशाख २०८३, बिहीबार

मार्बलस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस

अक्षरपाटी
२०८२ चैत्र ७ , शनिबार १२:०३ मा प्रकाशित

काठमाडौं। मार्बलस इङ्लिस बोर्डिङ स्कुल, मैतिदेवीको ३१औं वार्षिक उत्सव भव्य रूपमा मनाइएको छ।

कार्यक्रम काठमाडौंको थापागाउँस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको थियो।

उत्सवका अवसरमा प्रि–स्कुलका विद्यार्थीलाई विशेष समारोहबीच दीक्षित गरिनुका साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। जसले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएकाे थियो।

विशेषगरी विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य तथा गायन कार्यक्रम आकर्षणको केन्द्र बनेकाे थियो।

साना बालबालिकाको उत्साह, प्रतिभा र आत्मविश्वासले कार्यक्रमलाई अझ जीवन्त बनाएको देखिन्थ्यो।

विद्यालयका एकेडेमिक डाइरेक्टर केशव लम्सालले यस्ता कार्यक्रमहरूले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयले थप सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए।

मार्बलस इङ्लिस बाेर्डिङ
यो पनि हेर्नुहोस् : बा ! अचम्मको तिम्रो माया