Logo
२५ भदौ २०८२, बुधबार

बाजुराबाहेक सुदूरपश्चिमका जेल खाली, २२ जना कैदी भने भाग्न मानेनन्

अक्षरपाटी
२०८२ भदौ २५ , बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं। जेनजी आन्दोलनको फाइदा उठाउँदै सुदूरपश्चिमका करिब सबै जिल्लाका कारागारका कैदी फरार भएका छन्।

सुदूरपश्चिम प्रदेशमा बाजुरा बाहेकका सबै जिल्ला कारागारका कैदीबन्दी फरार भएका हुन् ।

मंगलबार भएको जेनजी युवाको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीले विभिन्न जिल्ला कारागारमा पुगेर कैदीबन्दीहरूलाई छुटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माका अनुसार कैलाली कारागारका करिब ७ सय कैदीसहित आठ वटा जिल्ला कारागारबाट करिब १ हजार ४ सय कैदीबन्दी फरार भएका छन्।

कञ्चनपुर कारागारमा रहेका ४ सय ७६ कैदीबन्दीमध्ये २२ जना भने भाग्न अस्वीकार गर्दै कारागारमै छन्।

प्रहरीका अनुसार तीमध्ये १३ पुरुष र ९ महिला कैदीले कानुनको उल्लंघन नगर्ने अडान राख्दै भाग्न अस्वीकार गरेका हुन्।

कारागार कैदीबन्दी फरार