Logo
२९ भदौ २०८२, आईतबार

सुमनाले छाडिन् रास्वपा

अक्षरपाटी
२०८२ भदौ २९ , आईतबार १२:०९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे पनि पार्टीमा औपचारिक पत्र आइनपुगेको जानकारी दिए ।

अर्का एक केन्द्रीय सदस्यका अनुसार सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको,आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।

सुमना श्रेष्ठ