काठमाडाैं। पूर्वप्रधानन्यायाधीशबाट देशकाे विसम परिस्थितिमा प्रधानमन्त्रीकाे बागडाेर सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीकाे मन्त्रीमण्डलमा सहभागी हुने तीन मन्त्रीकाे टुंगाे लागेकाे छ।
बालुवाटार स्रोतका अनुसार भाेलि शपथ ग्रहण गर्ने मन्त्रीमाकाे सूचीमा पूर्वसिचव रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ रहेका छन्। खनालले अर्थ मन्त्रालय, अर्यालले गृह र कानुन तथा घिसिङले उर्जा मन्त्रालय सम्हाल्ने छन्।
घिसिङलाई ऊर्जाबाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको स्राेतले बताएकाे छ।
खनालले हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् ।
अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकार हुन।
घिसिङ केपी शर्मा ओली नेतृत्वको सरकार नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकबाट बर्खास्त गरेका व्यक्ति हुन्।
ओमप्रकाश अर्याल कुलमान घिसिङ रामेश्वर खनाल