काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा चलिरहेको वाकयुद्ध रोचक मोडमा चलिरहेको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नपाएपछि आफूमाथि खनिएका हर्क साम्पाङलाई बालेनले भनेका छन्- “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यू आर माइ ट्रु लभ।”
यही भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण तत्कालिन प्रधानमनत्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार नेतृत्वविहीन बन्न पुगेको थियो । त्यसपछि उनी काठमाण्डौंमा अन्तरिम सरकार गठनको लागि प्रधानमन्त्रीको पदको अपेक्षा राखेर आएका थिए । तर, उनको अपेक्षा पूरा हुन सकेन ।
काठमाडौं आएकै दिन युवाहरूको समर्थन आफूलाई भएको बताउँदै उनी जंगी अड्डा पुगेका थिए। तर पत्याइएनन् । जेनजी पूस्ता र जेनजीको समर्थन रहेका काठमाडौंका मेयर बालेनले समेत हर्क साम्पाङलाई नकार्दै प्रधानन्यायाधिश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारेपछि उनी निरन्तर सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका छन् ।
काठमाडौंबाट हिजो धरान फर्किएका हर्क साम्पाङको धुरुधुरु रोएको भिडियो यतिबेला भाइरल भएको छ । भिडियोमा उनले जेनजी आन्दोलनका क्रममा कोही नेता बाहिर ननिस्किएको बेला आफू बाहिर निस्के पनि आफूलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएकोमा भावुक बनेका हुन् ।
बालेन शाह हर्क साम्पाङ