Logo
४ असोज २०८२, शनिबार

जेन-जी आन्दोलनका सहीद जोशीका सहपाठीद्वारा धनगढीमा दीप प्रज्वलन

अक्षरपाटी
२०८२ असोज ४ , शनिबार ०९:०९ मा प्रकाशित

धनगढी। गएको भदौ २३ गने राज्यको चरम दमनबाट वीरगति प्राप्त सहीद गौरव जोशीका सहपाठीहरूले धनगढीको पार्क मोडमा दीप प्रज्वलन गरेका छन्।

गौरव जोशी ऐश्वर्या विद्या निकेतनबाट २०७६ मा पासआउट भएका थिए। जोशीसँगै पासआउट भएका गौरवका साथीहरूले आज सम्पूर्ण वीर ‘जेन जी’ शहीदहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको हुन्।

दीप प्रज्वलन गर्दै सहीद जोशीका सहपाठी साथीहरूले वीर जेन जी शहीदहरुका सपना सरकारले यथाशीघ्र पूरा गर्नुपर्ने बताए। उनीहरुले देशमा व्याप्त भ्रष्टाचार विरुद्ध अब सरकारले पनि तदारुक्ता देखाउनुपर्ने उनीहरूको माग थियो।

‘देश निर्माणका लागि अब कुनै पनि आमाबुवाले आफ्ना सन्तान नगुमाउन परोस्, हामीहरूले कुनै साथी गुमाउनु पररोस्’ भन्दै जेन जी सहीद जोशीका साथीहरूले संयुक्त अपिल गरेका छन्।

जेनजी आन्दोलन सहीद