Logo
५ असोज २०८२, आईतबार

पाँच मेसिनले पन्छ्याइँदै तुइन खोलाको पहिरो, अलपत्र यात्रुलाई निःशुल्क खाना

अक्षरपाटी
२०८२ असोज ५ , आईतबार ०८:०९ मा प्रकाशित

काठमाडौं। शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड खुलाउने प्रयास भइरहेको छ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा अस्ति खसेको पहिरो पन्छाउने प्रयास हिँजो पनि भएको थियो। निरन्तर पहिरोका कारण प्रयास सफल भएको थिएन।

आज बिहानैदेखि पाँचवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुइवटा उपकरण प्रयोग गरिएको छ ।

करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। यो सडकमा दैनिक १० हजार भन्दा बढी सवारीसाधन आवतजावत हुन

निशुल्क खाना

पहिरोका कारण अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन्।

जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए। जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए।

तुइन खोला पहिराे