Logo
७ कात्तिक २०८२, बिहीबार

पत्रकार जगदीश सँस्थाबाट बिदाइ लिएर मन्त्रीको शपथ लिन शीतल निवासमा

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार ०२:०९ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएका पत्रकार जगदीश खरेलले कार्यरत सँस्था इमेज गु्रपबाट विदा लिएका छन्।

सँस्थाले आयोजना गरेको विदाइ तथा शुभकामना समारोहमा ठट्यौली पारामा उनले, ुआजको हाँजिर पनि पाक्छ नि मेरोु भन्दै सहकर्मीहरुलाई हसाएको दृश्य सार्वजनिक भएको छ।

दई बजे हुने भनिएको मन्त्रीहरुको शपथ ३ बजेका लागि सारिएको छ। सञ्चारमन्त्री खरेल शपथका लागि इमेज टेलिभिजनबाट बिदावारी भएर शितल निवाशतर्फ लागेका हुन्। उनले आजै मन्त्रालयको कार्यभार सम्हाल्ने बताइएको छ।

जगदीश खरेल