Logo
७ कात्तिक २०८२, बिहीबार

मन्त्री महाबीर पुन : मन्त्रालयमै बस्ने, आफै पकाएर खाने

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार ०४:०९ मा प्रकाशित

काठमाडौं। नवनियुक्त शिक्षामन्त्री महाबीर पुनले मन्त्रालयमै सुत्नका लागि एउटा खाटको व्यवस्था गर्न निर्देशन दिएका छन्।

उनले आफूलाई बस्नका लागि मन्त्री क्वाटर नचाहिने र मन्त्रालयमै सुत्ने जानकारी पत्रकारलाई गराएका हुन्।

आफू जहाँ काम गर्यो, त्यहीँ बस्दै खाँदै आएको बताउँदै उनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी गराए।

‘यो पद ग्रहण गरेपछि मैले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेँ, यता जिम्मेवारी लिएपछि उता बस्नु हुँदैन’, मन्त्री पुनले भने।

उनले मन्त्रालयमा पकाउने व्यवस्था गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले आफूलाई सुरक्षा पनि नचाहिने बताएका छन्। उनले औपचारिक कामका लागि मात्रै मन्त्रालयको गाडी प्रयोग गर्ने समेत बताए।

महाबीर पुन