Logo
७ कात्तिक २०८२, बिहीबार

शिक्षामन्त्री महाबीर पुनको छाक, बास मन्त्रालयमै

अक्षरपाटी
२०८२ असोज ७ , मंगलबार ०८:०९ मा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मन्त्रीहरुको आवास रहेको भैंसेपाटीमा समेत आगजनी भएपछि मन्त्रीहरुका लागि बस्ने क्वाटर छैन।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीका लागि सरकारी आवासको व्यवस्था गरिएको छैन। सबै मन्त्रीहरु आफ्नै निवासमा बस्दै आएका छन्। प्रधानमन्त्री कार्की भने सुरक्षाका कारण आधा क्षति भएको सरकारी निवाश बालुवाटार सरेकी छन्।

काममा तल्लिन हुने नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाबीर पुन भने पदभार सम्हाल्दा घोषणा गरेमुताबिक मन्त्रालयकै एउटा कोठामा बास बस्न थालेका छन्।

उनले पकाउने भाँडाकुँडाको व्यवस्था गर्न लगाएर त्यहीँ पकाएर खान थालेका हुन्।

पदभार ग्रहणका क्रममा उनले आफूलाई बस्न सरकारी निवास नचाहिने मन्त्रालयमै बस्ने, खाने घोषण गरेका थिए।

जहाँ काम गर्यो त्यहीँ सुत्ने खाने आफ्नो बानी भएको जानकारी गराएका मन्त्री पुनले मन्त्रालयमै एउटा सुत्ने कोठा, पकाउने भान्छा र एक जोर कुर्सी र टेबलका लागि निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशन बमोजिम आज उक्त व्यवस्था गरिएपछि उनी मन्त्रालयमै बस्न थालेका हुन्।

महाबीर पुन शिक्षामन्त्री