Logo
२७ असोज २०८२, सोमबार

अवरुद्ध सडक खुलाउने काम जारी, तुइन खोलाको पहिराे पन्छाउन दुई दिन लाग्ने

अक्षरपाटी
२०८२ असोज ९ , बिहीबार ०४:०९ मा प्रकाशित

काठमाडौं । बाढी–पहिरोका कारण देशका विभिन्न क्षेत्रमा अवरुद्ध सडक खुलाउने क्रम निरन्तर जारी छ।

पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन्। अझै केही सडक भने खुल्न सकेका छैनन्। पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोलाकाे पहिरो हटाएर यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो।

त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ।

तुइन खोलामा आज पनि पहिरो पन्छाउने काम भइरहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन्।

हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिए पनि आज बिहानैबाट काम पुन:सुरु भएकाे उनले जानकारी दिएका छन्।

बुधबार राती ठूलो पानी परे पनी थप पहिरो झरेको छैन्। तर पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्नसक्ने अनुमान गरिएको छ।

अवरुद्ध सडक तुइन खोला

ट्रेन्डिङ ( साप्ताहिक )