Logo
७ कात्तिक २०८२, बिहीबार

तुइनखाेलाकाे पहिराे राति पनि पन्छ्याइँदै, अलपत्र यात्रुलाई प्रहरीको भरपुर सहयाेग

अक्षरपाटी
२०८२ असोज ९ , बिहीबार ०८:०९ मा प्रकाशित

मुग्लिन। मंगलबार दिउँसाे मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला भयानक सुक्खा पहिरो खसेपछि बाटाे अवरुद्ध छ। जसका कारण सैयाैँ सवारीसाधन र यात्रु लपत्र छन्।

त्यसरी अलपत्र परेका यात्रुलाई प्रहरीले निशुल्क घुम्ती यातायात सेवा सञ्चालन गरेर चितवन नारायणगढ, भरतपुर पुर्याउने काम गरिरहेको छ। आज बेलुकासम्म प्रहरीले ५५० जना यात्रुलाई सहजीकरण गरेकाे छ।

यता तुइनखाेलाकाे पहिराे हटाउन फ्लड लाइट जडान गरेर राति पनि पहिरो हटाउने काम भइरहेकाे छ।

पहिरो हटाएर आजै रातिदेखि आवागमन सञ्चालन गर्ने तयारीका लागि फ्लड लाइट बालेर पहिरो पन्छाउने कामम भइरहेको प्रहरीले जनाएको छ।

त्यसका लागि ६ वटा उपकरण प्रयोग गरिएको प्रहरीले जनाएको छ। मुग्लिन खण्डतर्फबाट ३ वटा र नारायणगढतर्फबाट ३ वटा उपकरणले पहिरो पन्छाउने काम गरिरहेका छन्।

तुइनखोला