Logo
२७ असोज २०८२, सोमबार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

अक्षरपाटी
२०८२ असोज १२ , आईतबार ११:०९ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा दुई हजार ८ सय १० रुपैयाँमा कायम भएको छ ।

यसअघि शुक्रबार चाँदी प्रतितोला दुई हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )